हैदरावादसँग मुम्बई पराजित



काठमाडौँ, वैशाख १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद ले मुम्बई इन्डियन्स लाई ६ विकेटले पराजित गरेको छ।

वान्खडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रनको उच्च योगफल तयार पारेको थियो। मुम्बईका लागि रियान रिकल्टनले अविजित १२३ रनको शानदार शतकीय पारी खेले भने विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे।

जवाफमा हैदरावादले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर २४९ रन बनाउँदै लक्ष्य भेट्टायो। हैदरावादका लागि ट्राभिस हेड ले ७६ रन बनाए भने हेनरिक क्लासेन ६५ रनमा अविजित रहे। अभिषेक शर्माले ४५ रन बनाउँदा सलिल अरोराले अविजित ३० रन थपे।

बलिङतर्फ हैदरावादका प्रफुल हिंगेले २ विकेट लिए भने इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले समान १–१ विकेट लिए। मुम्बईका लागि एएम घजनफरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले समान १ विकेट लिए।

यो जितसँगै ९ खेलबाट १२ अंक जोडेको हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक मात्रै जोडेको मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेको छ।

यसैबीच, आजको खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्स बीच अहमदावादमा राति पौने ८ बजे प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्