वन कार्यलयलाई बुझाएको घोरल बेपत्ता,स्थानीय भन्छन्-कर्मचारीले मारेर खाए



नुवाकोट,बैशाख-२५ । नुवाकोटको भद्रुटारमा स्थानीयले फेला पारेर वन डिभिजन कार्यलय नुवाकोटलाई बुझाएको घोरल कार्यलयबाटै बेपत्ता भएको छ। भद्रुटारको त्रिवेणी धाम नजिकै घाइते  घोरल फेला परेको भन्दै स्थानीयले वन कार्यलय नुवाकोटलाई बुझाएको घोरल बेपत्ता भएको हो।स्थानीयले प्रहरीको समन्वयमा उक्त घोरल वन डिभिजन कार्यलय नुवाकोटलाई बुझाएका थिए।

घोरल एकाएक बेपत्ता भएको खबर पाएपछि स्थानीयबासी आक्रोशित बनेका छन।स्थानीय गोकर्ण पाण्डेले घाइते अवस्थाको घोरल बेपत्ता हुनुको पछाडी कर्मचारीकै मिलेमतो रहेको बताए।स्थानीयले वन कर्मचारीकै मिलेमतोमा मारेर खाएको खाएको आरोप लगाएका छन।

यता वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेका अनुसार राति खोरमा राखेको घोरल खोर भत्काएर वनतर्फ भागेको बताएका छन।उनले वन तर्फ भागेको घोरलको पाइला समेत पत्ता लगाएको बताए।घोरललाई बिहिवार काठमाडौस्थित चिडियाखाना लैजाने तयारी समेत भैसकेको उनले बताए ।

वन कार्यलय लैजानु अघि भद्रुटारको त्रिवेणी धामस्थित घोरल

शिवपुरी राष्ट्रिय निकुञ्‍जको जंगलबाट भागेर आएको हुन सक्ने उक्त घोरल करिब तीन वर्षको भाले घोरल रहेको बताइएको थियो । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्