सप्तरीमा थप एकमा कोरोना संक्रमण,संक्रमितको संख्या १ सय २१ पुग्यो



काठमाडौ,बैशाख-२९ । सप्तरीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । आजै बिहानै मात्र पनि कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ भने उपचार पछि निको हुनेको संख्या ३३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्