आरडीटीमा पोजिटिभ काठमाडौ महानगरका ३१ कर्मचारीमा कोरोना देखिएन



काठमाडौँ,जेठ-३ । आरडीटी परीक्षणका क्रममा एन्टिबडि पोजिटिभ भेटिएका  काठमाडौं महानगरपालिकाका ३१ कर्मचारीको पीसीआर नतिजा नेगेटिभ देखिएको छ। फोहोर मैला व्यवस्थापनमा खटिने ती सबैको पीसीआर परीक्षणका क्रममा नतिजा नेगेटिभ देखिएको हो ।

महानगरका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो ।

श्रेष्ठका अनुसार फोहोर मैला व्यवस्थापन खटिने ९ सय ३२ जना को आरडीटी परिक्षण गर्दा ३१ जनाको आरडीटी पोजिटिभ देखिएको थियो ।

यस लगत्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गराइएको थियो । परीक्षण पश्चात् ती ३१ जनाकै नतिजा नेगेटिभ पाईएको हो।

प्रतिक्रिया दिनुहोस्