ख्यातिप्राप्त घाँसे दोहोरी गायक नुवाकोटका दलबहादुर डङोलको निधन

नुवाकोट,बैशाख १४। नेपालका ख्यातिप्राप्त घाँसे दोहोरी गायक नुवाकोटका दलबहादुर डङोलको निधन भएको छ ।
गायक डङोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो ।
हृदय रोगका कारण एक्कासि बिरामी भएका डङ्गोलको शव पशुपतिमा अन्त्यष्टी गर्ने तयारी गरिएको परिवारजनले जनाएको छ । गायक डङ्गोलको निधनप्रति साझापथ परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।