ख्यातिप्राप्त गायक डङोलको पशुपतिमा अन्त्यष्टि



काठमाडौं,बैशाख १४ । नेपालका घाँसे दोहोरीका ख्यातिप्राप्त गायक दलबहादुर डङोलको पशुपतिमा अन्त्यष्टि गरिएको छ ।

शुक्रबार अचानक स्वास्थ्यमा समस्या देखा परेको उनको हृदयघातबाट मृत्यु भएको उनको पारिवारजनले बताएका छन् ।

जीवनको ८५ औं वर्षसम्म अनवरत घाँसे दोहोरीमा जीवन व्यतीत गरेका उनको देश विदेशमा लाखौं शुभचिन्तक रहेका छन् । उनको निधनको खबरले पशुपतिमा आफन्त तथा शुभचिन्तकको भीड लागेको थियोे ।

प्रतिक्रिया दिनुहोस्