थप दुईमा कोरोना संक्रमण,संक्रमित संख्या २८१ पुग्यो



काठमाडौं,जेठ-३ ।  नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका धनुषाका दुईजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती दुबै २० र ६५ वर्षका छन। उनीहरुको  राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा  पुष्टि भएको हो ।

दुईजना संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको छ । दवैजनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्