सोमबार फेरि महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?



काठमाडौं,जेठ ११ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी तोलामा १४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो सुन प्रतितोला प्रतितोला २८ सय रुपैयाँले घटेर सुन दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्