कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ



काठमाडौ, जेठ-५ । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ आएको छ। नेपालमा पहिलो पटक कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोनाको संक्रमणबाट गएको बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको शिशुमा कोरोना संक्रमण नभएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले जनाइएका छन ।

धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिए पनि कोरोना भने नभएको अस्पतालका प्रवक्ता डाक्टर ताम्राकारले बताए । त्यस्तै शिशुका बुबा, हजुरआमा र सानिआमाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्