टोखाको झोरमा आरडीटी परीक्षणका क्रममा एक जनामा कोरोना पोजिटिभ



काठमाडौ,जेठ -७ । काठमाडौको टोखा नगरपालिका १ झोरस्थित र्यापिड डाइग्नोष्टिक (आरडीटी) परीक्षणका क्रममा एक जनामा कोरोना पोजिटिभ देखिएको छ।

बुधबार टोखामा गरिएको र्यापिड डाइग्नोष्टिक (आरडीटी) परीक्षणका क्रममा नगरपालिकाको वडा नम्बर १ स्थित झोरका एक स्थानीय सहित वडा नम्बर ३ मा २ जना र ६ मा ४ जनामा शंकास्पद नतिजा देखिएको वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो।

अध्यक्ष अधिकारीका अनुसार आरडीटी पोजिटिभ देखिएकाहरु प्रायः मेडिकल पसल,तरकारी पसल संचालन गर्दै आएका मानिस रहेका छन। आरडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्ने चिकित्सहरुले बताएका छन । नमुना संकलन गरिएकाहरुको अवस्था सामान्य रहेको नगरपालिका श्रोतले जनाएको छ ।

नमुना संकलनका क्रममा आरडीटी पोजिटिभ देखिएकाहरु ७ जनाको स्वाब संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकु लगिएको छ ।उनीहरुको पिसिआर नतिजा भने तीनदिन भित्र आईसक्नेछ।

नगरपालिकाका विभिन्न चार स्थानमा ५०३ जनाको आर डि टि विधि मार्फत परिक्षण गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्