विभिन्न जिल्लामा थप ९० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७७२ पुग्यो



काठमाडौ,जेठ १३ । विभिन्न जिल्लामा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लामा थपिएका ९० जनासहित कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको जानकारी दिएका छन् ।

उनकाअनुसार आजसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ५४ हजार ४२४ पुगेको छ भने आरटिडी ९७ हजार ९ सय ६७ पुगेको छ । कुल डिस्चार्जको संख्या १५५ पुगेको छ ।

मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्