नुवाकोटमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि



नुवाकोट ,जेठ २० । नुवाकोटमा २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म्यागङ गाउँपालिका ५ सामरीका १८ वर्षका र ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित युवाहरू यहि जेठ १४ गते नुवाकोट आएका थिए । उनीहरु अहिले ग्रामसेवा माविको क्वारेन्टाइनमा रहेका छन। सो क्वारेन्टाइनमा बसेका ३५ जना मध्ये ८ जनाको परिक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएसगै उपचारको लागि त्रिशुली ल्याइएको र त्रिशूली अस्पतालको आइसोलेशनमा राखी उपचार थालिएको जनाइएको छ ।

यसअघि नुवाकोटको ककनी गाउँपालिकाका ३९ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनि उपचारपश्चात निको भएर फर्किसकेका छन् । यो सँगै नुवाकोटमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्