अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा पुर्ने नुवाकोट शिवपुरीका दुई ब्यक्ति पक्राउ



नुवाकोट,जेठ २६ । अनैतिक सम्बन्धबाट जन्मिएको बच्चालाई खाल्डो खनी पुर्ने पक्राउ परेका छन। नुवाकोटस्थित शिवपुरी गाउँपालिका वडा नम्बर  १ बस्ने बर्ष ४० कि सुकुमाया तामाङ र वडा नम्बर २ का सानो कान्छा भनिने ३६ वर्षिय धन बहादुर तामाङलाई अनैतिक सम्बन्धबाट जन्मिएका शिशुलाई खाल्डो खनि पुरी हत्या गरको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

नुवाकोट जिल्लाका प्रहरी प्रमुख अवीनारायण काफ्लेका अनुसार  अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई खाल्डो खनी पुरेको स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थल पुगी उक्त शिशुको शवलाई निकाली पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौं पठाईएकोथियोे ।

अनुसन्धानको क्रममा सुकुमायाले “गर्भ रहेपछि गोठमा गई बच्चा जन्माउने र जन्मेपछि बारीमा लगेर गाडेर आउनु अरु परेको सहयोग म गरौंला” भनि धनबहादुरले भनेको र आफुले त्यसै गरेको बताईन्। उनकै आधारमा धनबहादुर पक्राउ परेको हो।

आरोपित द्वयलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि १५ दिनको प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्