२०२० कै पहिलो सुर्य ग्रहण नेपालबाट पनि हेर्न सकिने



काठमाडौ , असार ५ । सन २०२० कै पहिलो सुर्य ग्रहण नेपालबाट समेत देख्न सकिने छ ।  असार ७ वा २१ जुनका दिन देखिने उक्त ग्रहण सन २०२० को पहिलो सुर्य ग्रहण हो । सो दिनलाई वर्षकै लामो दिनको  रुपमा पनि लिइएको छ । उक्त दिन लाग्ने  सुर्यग्रहणले चन्द्रमाले सुर्यलाई ९८.८ प्रतिशत भाग ढाकिदिनेछ । नेपाल, भारत, पाकिस्तान, साउदी अरब, युएई, एथोपिया तथा कंगोबाट सुर्य ग्रहणलाई हेर्न सकिनेछ ।

सुर्यग्रहणको समय– बिहान १० बजेर ३५ मिनेटमा शुरु भएर १२ बजेर १७ मिनेटमा पुर्ण प्रभाव छोड्दै दिउसो २ बजेर ६ मिनेटमा समाप्त हुनेछ । ग्रहण लाग्नु भन्दा पहिला १२ घण्टा अगि देखि नै सुतक काल मानिन्छ । सुतक असार ५ को रातीको १० बजेर ९ मिनेटबाट शुरु हुन्छ ।

यो सुर्यग्रहण न त पुरै ग्रहण लाग्छ न त आंशिक । किनकी चन्द्रमाको छायाले सुर्यलाई ९९ प्रतिशत भाग ढाकीदिनेछ । चन्द्रमालाई जस्तै सुर्य ग्रहणलाई खुला आँखाले हेर्न नहुने वैज्ञानिकहरुले बताएका छन् ।

यसलाई टेलिस्कोप वा ग्लासको उपयोग गरेर हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्