अध्यादेश र डोजर कारबाहीविरुद्ध माइतीघरमा नेकपा (संयुक्त) को प्रदर्शन घोषणा



काठमाडौँ,बैशाख १९ । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले सरकारको नीतिविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीले संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति र सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरवारविहीन बनाइएको भन्दै विरोध जनाउँदै सडक संघर्षमा उत्रिने जनाएको हो।

नेकपा (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्याल का अनुसार, “नवनिर्वाचित बालेन नेतृत्वको सरकारले संसद्को भूमिकालाई कमजोर पार्दै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति देखाएको छ। साथै, बर्खायामको सुरुआतमै सुकुम्वासीहरूको घर भत्काउने कार्यप्रति हाम्रो गम्भीर असहमति छ।”

उनका अनुसार, सरकारलाई खबरदारी गर्न वैशाख २३ गते दिउँसो १ बजे माइतीघर मण्डला मा भेला भई प्रदर्शन गरिनेछ। पार्टीले उक्त कार्यक्रममा सहभागी हुन आफ्ना कार्यकर्ता तथा आम जनसमुदायलाई उपस्थितिका लागि अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्