आज थप ४२६ संक्रमित थपिए,कुल संख्या ८ हजार नाघ्यो



काठमाडौ,असार ५ । आज अर्थात शुक्रबार विभिन्न जिल्लामा थप ४ सय २६ जनामा कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको जानकारी दिए । अहिलेसम्म संक्रमितमध्ये १ हजार ४ सय २ जना उपचारपछि घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्