नुवाकोटको लिखु २ मा वडाअध्यक्षसहित स्थानीयलाई झाडापखाला



नुवाकोट,असार ६ । लिखु गाउँपालिका वडा २ को एकै गाउँका वडाअध्यक्ष सहित ५७ जनालाई एकै चोटी झाडा पखाला लागेको छ । लिखु गाउपालिका वडा नं २ साबिक खानीगाउ वडा नं ७ र ९ का ५७ जना लाई झाडा पखाला लागेको लिखु वडा नं २ को स्वास्थ्य चौकीका अनमी सुमित्रा न्यौपाने लामिछानेले जानकारी दिए ।

वडा नं २ को स्वास्थ्य चौकीको टिम गई उपचार गरेपछि अहिले अवस्था सामान्य बनेको छ । बुधबार र बिहिबारको लगातारको बर्षाको कारण पानीको मुहान फोहोर भएको हुन सक्ने र सोही पानी गाउले सहित आफले पनि प्रयोग गरेको कारणले झाडा पखाला लागेको हुन सक्ने लिखु २ का वडा अध्यक्ष भिमबहादुर घलेले बताए।

प्रतिक्रिया दिनुहोस्