नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाको अन्तरक्रिया सम्पन्न



नुवाकोट,असार ८ । नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाको अन्तरक्रिया सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाका कार्यबाहक अध्यक्ष बिनोदप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति तथा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष्य नरहरी पाण्डे,वडा नम्बर ६ का वडा अध्यक्ष हरिशरण लामिछाने,स्थानीय वडा सभापतिहरूको समेत उपस्थिति रहेको थियोे।

अन्तरक्रियामा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले नजिकिदै रहेको बजेट कार्यक्रममा विपन्न तथा जनतालाई प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम योजनालाई तत्काल अघि बढाइने बताउनुभयो।

त्यस्तै वडा नम्बर ६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले कोभिड १९ को नियन्त्रण तथा रोकथामलाई आउदो बजेटले मुख्य सम्बोधन गर्नुपर्ने राय व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानी। जनप्रतिनिधि तथा काङ्ग्रेस समर्थक स्थानीयको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्