नेपालमा पहिलो पटक एकैदिन ३७० जनाले कोरोना जितेर घर फर्किए



काठमाण्डौं,असार ८ । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ भने कोरोनाबाट मुक्ति पाई घर फर्किनेको संख्या समेत पछिल्लो दिन यता वृद्धि भएको छ। नेपालमा कोरोना संक्रमण फैलिए यता पहिलो पटक सोमबार  एकै दिन सोमबार ३ सय ७० जनाले कोरोनामाथि विजय हासिल गरेका छन्  । कोरोना जित्ने संख्या यो हाल सम्मकै सबै भन्दा धेरै  हो । कोरोनालाई जितेर सोमबार  डिस्चार्ज हुनेमध्ये ३२ महिला र ३३८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमध्ये सबै भन्दा धेरै दैलेखबाट २ सय ६५ जना रहेका छन। यस्तै दाङबाट ६, सुर्खेतबाट ६, कालिकोटबाट २८, सल्यानबाट ३७ जना , बिरगंजका ११ जना, धादिगंबाट १७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसगैँ नेपालमा कोरोनामाथि विजय हासिल गर्नेको संख्या २ हजार १ सय ४२ पुगको छ ।

प्रतिक्रिया दिनुहोस्