भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी ‘मलाई प्रधानमन्त्रीबाट हटाउछु भनेर नसोच्नु’



काठमाडौ,असार १४ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले आफुलाई  प्रधानमन्त्रीबाट हटाउँछु भनेर नसोच्न भारतलाई  चेतावनी दिएका हुन ।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ नक्सा कायम गर्यो भनी आफू विरुद्ध नलाग्न भारतलाई सुझाएका छन। यहि बिषयलाई लिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भनेर भारत लगायत कोहि कसैले नसोच्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको स्मरण गर्दै भने, ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ।

उनले आफुलाई हटाउन कसैले हतार नगरे हुने बताए। उनले नयाँदिल्लीका मिडिया, बौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको बताए।

एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न नपाएको भन्दै उनले ५८ वर्षदेखि खोसिएको भूमी फिर्ता लिएरै छोड्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्