कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई



काठमाडौं, असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन काठमाडौंँबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्