राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता



काठमाडौ,असार १६ । राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता भएको छ। मंगलबार बिहान राष्ट्रपति  विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा  राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी समितिको बैठक सुरू हुनु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसंग भेटबार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्