प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग



काठमाडौ,असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा माग गरेका छन् । राजीनामा माग गर्दै अध्यक्ष प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको समेत बताएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै दाहालले ओलीलाई तपाईँको राजीनामा भारतले नभई मैले मागेको हो भनेका छन् । प्रचण्डले ओलीलाई पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न नहुने बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्  ।

दाहालले प्रधानमन्त्रीलाई पदमा कायम गर्ने अथवा हटाउने काम पार्टीभित्रैबाट हुने कुरा सबैले बुझ्न पर्ने पनि बैठकमा बताएका थिए । प्रचण्डले भारतविरुद्ध जथाभावी बोलेर ओलीले पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोप समेत लगाएका छन् ।

यता प्रचण्डलाई जवाफ दिदै  प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा जस्ताको तस्तै कसरी मिल्यो भनेर प्रश्न गरेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्