त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी, चालक गम्भीर घाइते



काठमाडौं,असोज ५ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार दिउँसो सार्वजनिक बसमा आगलागी भएको छ। असोज ५ गते मध्याह्न ऋद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको हो।

आगलागीमा बसका चालक गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको छ।

बसमा आगलागी हुनुको कारण भने खुलिसकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्