सोमबार विभिन्न ठाउँमा १८० जनामा कोरोना संक्रमण, कुल संक्रमित १५९६४



काठमाडौं, असार २२ । सोमबार देशका विभिन्नस्थानमा १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । आजको संक्रमितको सख्या आज सम्मकै कम सख्या हाृे । लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो ।

प्रतिक्रिया दिनुहोस्