काठमाडौको झोरमा पहिरोमा पुरिएर दुई बालबालिकाको ज्यान गयो



स्थानीयको सहयोगमा पुरिएका जुम्ल्याहा बालबालिकाको शव निकाल्दै प्रहरी

काठमाडौ,साउन ६ ।काठमाडौको टोखा नगरपालिका १ झोरस्थित टासीडाडामा दुई जुम्ल्याहा बच्चा पहिरोमा पुरिदा दुबैको ज्यान गएको छ। बिहानको खाना खाने समयमा गएको  पहिरोमा परी दुई बालबालिकाले ज्यान गएको हो । ज्यान गुमाउनेमा धनकुटा स्थायी ठेगाना भएका कुमार रानामगरको जुम्ल्याहा बच्चा वर्ष तीनको ससिम र सन्ध्या रहेका छन।

घरभन्दा माथिबाट एक्कासि आएको पहिरोमा पुरिएर दुबैको ज्यान गएको वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । पहिरो झरेको आवाज आउने बित्तिकै घरमा भागदौड मच्चिदा दुई बालक भने घरभित्रै छुटेका थिए।

ती बालबालिकाको शव स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो।उनीहरुको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।

यस सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्