बितेको २४ घन्टामा १३३ संक्रमित थपिए



काठमाडौ,साउन ९ । बितेको २४ घन्टामा १ सय ३३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ३३ जनासहित देशभेर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

त्यस्तै संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्