काठमाडौंमा थप १० जना संक्रमित थपिए



काठमाडौ,साउन ९ । काठमाडौंमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न ठाउँका १० जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले सतर्कता अप्नाउन समेत आग्रह गरेका छन।

प्रवक्ता गौतमले नयाँ संक्रमितसहित देशभर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना उपचारपछि घर फर्किएका छन् भने ४४ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्