जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुआत



काठमाडौं,कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटियो।

जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कर्णालीका हुसेन तलत र युनिस ठकुरीले समान तीन विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। उसका अरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रन बनाए। जनकपुरका हरमित सिंहले तीन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्