गोरखामा पहिरोले खोला थुनिँदा ताल बन्यो, फुट्ने खतरापछि ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो



गोरखा साउन १० । गोरखाको धार्चे गाउँपालिका–७ को लापुस्थित मापुडाँडामा गएको पहिरोले स्थानीय नौलीखोला थुनिएको छ । खोला थुनिँदा जोखिममा परेका करिब ७० घरलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएको क्षेत्रभन्दा तलपट्टि रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ ।

शुक्रबार रातिदेखि खोला थुनिएको हो । स्थानीयका अनुसार झन्डै १२ घण्टादेखि पहिरोले नौलीखोला थुनिँदा ताल बनिसकेको छ । मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको स्थानीय वीर गुरुङले बताए ।

खोला थुनिएपछि उक्त क्षेत्रमा अहिले पैदल आउजाउ पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उनले नेपाली सेना र नेपाल प्रहरीसहितको टोली घटनास्थल पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्