टोखा नगरको सहयोगमा झोरमा योग शिविर उद्घाटन



कार्यक्रममा मन्तव्य राख्नुहुदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी

काठमाडौ,साउन १० । टोखा नगरपालिकाको सहयोगमा नगरको वडा नम्बर १ झोरमा योग शिविर उद्घाटन भएको छ। योग शिविर झोरमा रहेको झरना पार्टी प्यालेसमा शनिबार एक समारोहका बीच उद्घाटन भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वाग्मती प्रदेश सभा सदस्य सीता लामाले वर्तमान देशको कठिन परिस्थितिमा योगको महत्त्वपूर्ण स्थान रहने भएकाले महामारी र प्रकोपको दुखदायी क्षणमा सबैले समय नहुदा समेत योग अवलम्बन गर्नुपर्ने बताए।

कार्यक्रममा टोखा नगर प्रमुख प्रकाश अधिकारीले योगलाई धर्म र संस्कृती अनुसार जोडेर यस्लाई सबैले निरन्तरता दिन आव्हान गरे। ‘परापूर्व कालमा योग र ध्यानको समय थियो’-नगर प्रमुख अधिकारीले भने-‘अहिले योग तथा ध्यान बिर्सियौ,रोगी भयौं।’सामान्य ग्यास्ट्रीकजन्य रोगहरु योगले केहिदिनमा निको भएको अनुभव समेत प्रमुख अधिकारीले बताए।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि गण

कार्यक्रममा नगरका उपप्रमुख ज्ञानमाया डङोल,वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी तथा स्थानीय विद्यालयका शिक्षक,विद्यार्थी,विभिन्न दल पार्टी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

योग तथा ध्यान कक्षा हरेकदिन बिहान ७ बजेदेखि संचालन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्