प्युठानमा श्रीमतीद्वारा श्रीमानको हत्या

साझापथ संवाददाता
प्युठान,साउन १० । प्यूठानमा एक महिलाले आफ्नै श्रीमानको निर्मम हत्या गरेकी छन् ।
जिल्लाको नौवहिनी गाउँपालिका वडा नम्बर ५ डामृमा स्थानीय २९ वर्षिय दिवा सुनारले घरायसी विवादको क्रममा गयराती आफ्नै श्रीमान ३१ वर्षिय ज्ञान बहादुर सुनारको हत्या गरेकी हुन । उनको घरमै मृत्यु भएको थियो । सवको प्रकृति हेर्दा दाउराले हानेको हुन सक्ने स्थानीयको अनुमान छ ।
शरिरका विभिन्न भागमा चोटहरु लागेको समेत देखिन्छ । यस अघि श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध नभएको,पटक पटक विवाद र झैझगडा हुने गरेको स्थानिय बताउँछन । श्रीमतीको हत्या गरेको आरोपमा मृतककी श्रीमती दिवालाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान अगाडी बढाइएको बताएको छ ।
वडा अध्यक्ष अन बहादुर घर्तिले मृतकको शवलाई परिक्षणको लागि जिल्ला अस्पताल बिजुवार पठाईएको जानकारी दिए ।