कोरोना अपडेट: बितेको २४ घन्टामा १०९ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन १० । देशभर बितेको २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् ।
संक्रमितमध्ये १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।