रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न



साझापथ संवाददात

रुपन्देही,साउन ११ । देवदहकै पहिलो अन्तरास्ट्रिय सामाजिक संस्था रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आठौ पद हस्तान्तरण तथा धन्यबाद ज्ञापन समारोह सम्पन्न भएकाे छ । कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष दिपेश अर्यालले वर्ष २०२०/२०२१ का अध्यक्ष अर्जुन गुरूङ्काे टीमलाई पद हस्तान्तरण गरेका हुन । देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएको थियो । उनले रोट्रयाक्टहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै यि संस्थाहरुलाइ अझ व्याबस्थित बनाएर अगाडी लैजानु पर्ने बताए । भावीदिनमा नगरपालिकाले क्लब संग समन्वय गर्दै अगाडि बढ्ने कुरा समेत नगर प्रमुख खत्रीले बताउनु भएको हो ।

कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष अर्यालले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष गुरूङले क्लवलाई अझ व्यवस्थित बनाएर अगाडी बढाउने प्रतिबद्वता व्यक्त गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि जोन १९ का एजि खिमानन्द भुसाल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटरीयन गोपाल ज्ञवाली, ए.जि लक्ष्मण खरेल,जाेन १२ का जेट.अार.अार राेटरीयन धन्नजय बर्नवाल,क्लवका पुर्व अध्यक्षद्वय किसु शर्मा, माधव ढकाल, देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ, लायाेन्स क्लवका विष्णु पाैडेल लगायतले सुभकामना मन्तव्य राखेका थिए ।

क्लवका पुर्व अध्यक्ष माधब आचार्यले २०/२१ का अध्यक्षको सम्क्षिप्त जिवनि प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लवका उपाध्यक्ष्य राे.सुनिल गिरीकाे स्वागत त्यसैगरी राे.वर्षा खड्काले धन्यवाद ज्ञापन दिएका थिए भने पहिलो चरण सचिव मणिलाल तिवारी र दोस्रो चरण सचिव रमा गैरेकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्