नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो



नुवाकोट,साउन ११ । नुवाकोटका कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।नुवाकोटमा कोरोना भाइरस संक्रमित आइतबार एक जना थपिएसंगै संक्रमितको संख्या ३७ पुगेको हो।

आज थपिएका संक्रमित सूर्यगढी गाउँपालिका वडा नं. १ का ३४ वर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको   पीसीआर परीक्षणका क्रममा ती ब्यक्तिमा पोजेटिभ पाइएको हो । गाउँपालिकाको क्वारेनटाइनमा राखिएको ति पुरुषको गत शुक्रबार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो ।

नुवाकोटका सक्रिय संक्रमितमध्ये २ जना त्रिशूली अस्पतालको आइसोलेसनमा र एक जना सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

नुवाकोटका ३४ जना कोरोना संक्रमितहरुले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्