टिकटकमा भाइरल बन्यो नुवाकोटका गायक संगम थापाको ‘ओई गनगन’ गीत



ओई गनगन’गीतका गायक सर्जक संगम थापा

नुवाकोट , साउन ११ । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्बर २ रालुका स्थायी घर भएका लोक गायक संगम थापाको गीत ‘ओई गनगन ‘ टिकटकमा भाइरल भएको छ । गीत भाइरल भएसंगै गायक संगमको शुभचिन्तकको भीड लागेको छ।

गीतलाई रेकर्डिङ तथा बजार व्यवस्थापनको जिम्मा पाएको मिलन फिल्मसका प्रबन्ध निर्देशक मिलन श्रेष्ठका अनुसार उक्त गीत पछिल्लो समयसम्म लाखौंको संख्यामा टिकटक प्रयोगकर्ताले आफ्नो भिडियोमा डाउनलोड गरिसकेका छन् ।

त्यसो त गायक थापाको यसअघिको गीत ‘झर्यो फूल रित्यो बोटपनि..’ले निक्कै चर्चा कमाएको उनी बताउँछन । ओई गनगन गीतमा भने यतिधेरै चर्चा पाउनुमा गीतको लय र शब्द रहेको गायक थापाले बताए । साझापथसंगको कुराकानीमा गायक थापाले गीत राम्रो बन्नुमा गीतका गायिका प्रतिमा अर्याल,गायक सानू केसी,कुमार भण्डारी,मिलन श्रेष्ठ लगायत श्रष्ठाको महत्त्वपूर्ण सहयोग रहेको बताए।

गायक थापासँगको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:-

प्रतिक्रिया दिनुहोस्