नेपालमा कोरोनाबाट भारतीय नागरिकसहित थप २ को मृत्यु, मृतकको संख्या ४७ पुग्यो



काठमाडौ,साउन ११ । नेपालमा भारतीय नागरिकसहित थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवक र नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार ६५ वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो । धनुषाका युवकको धरान रेफर गर्दा बाटोमै मृत्यु भएको हो भने भारतीय नागरिकको बिहान अस्पतालमै ज्यान गएको थियो ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार बेलुका नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको बताए । शनिबार उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । भारतीय नागरिकमा मुटुरोग र मधुमेहसमेत थियो ।

प्रतिक्रिया दिनुहोस्