जन्मदिनको अवसरमा नुवाकोटका दुई अशक्त बालकलाई उप्रेतीको सहयोग


नुवाकोट,साउन १२ । जन्मदिनको अवसरमा वाग्मती प्रदेश होटल तथा पर्यटन व्यवसायी महासंघका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरेका दुई अशक्त बालकलाई सहयोग गरेका छन् । स्थानीय बजारमा चिया पसल गर्दै आएका सरिता सिलवालका चार सन्तानमध्ये दुई सन्तान बौद्धिक अपांग रहेको साझापथ युट्युब च्यानल र साझापथ अन्लाईनमार्फत थाहा पाएको भन्दै उनले आफ्नो जन्मदिनको अवसर पारेर आइतबार आर्थिक सहयोग गरेका हुन। उनले दुई बालकलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

त्यस्तै उनले विदुर नगरपालिका-६ इनारपाटीमा निर्माणाधीन इनारपाटी चौताराका लागि दुई हजार २० रुपैयाँ,विदुर नगरपालिका-१ त्रिशुलीका पाठेघर क्यान्सर पिडित ४८ बर्षीय गीता खड्कीलाई ३ हजार ५ रुपैयाँ समेत सहयोग गरेका छन् भने देविघाटमा रहेका २७ जना वृद्धवृद्धाहरुलाई आइतबार दिउँसोको खाजा खुवाएका छन्।
पछिल्लो समय जन्मदिनमा फजुल खर्च गर्ने होडबाजी चलिरहेको बेला आफूले भने हरेक वर्ष झैँ यसपालि पनि सामाजिक कार्यमा दिन व्यतित गर्दै आफ्नो जन्मदिन मनाएको उप्रेतीले बताए ।