धरानमा अर्को विपद्, तरकारी बजारमा आगलागी हुँदा ११ पसल जले, ४ लाख बराबरको क्षति



धरान साउन ११ । कोरोना भाइरस महामारीले आक्रान्त बनाइरहेको बेला सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।

आगलागीबाट ११ जनाको फलफूल तरकारी तथा कस्मेटिक पसल, किराना पसल, होटल, जल्दा झण्डै ५२ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले ११ जनाको पसल जलेर पूर्ण रुपमा नष्ट जानकारी दिए । बिहान साढे ४ बजेतिर रमा चौहान खतिवडाको कस्मेटिक पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको छ ।

आगलागीबाट रमा चौहान खतिवडाको ९ लाख, कल्पना तामाङको १० लाख, ओसिन श्रेष्ठको ७ लाख, सविता खनाल लिम्बूको ६ लाख, ज्ञानकुमार श्रेष्ठको ७ लाख, अनिता आचार्जुको ७ लाख, निरा निरौलाको २ लाख, इन्दिरा श्रेष्ठको ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्