पछिल्लो २४ घन्टामा १३९ जना कोरोना संक्रमित थपिए



काठमाडौं साउन १२ । पछिल्लो २४ घण्टामा देशभरी १३९ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १८ हजार ७५२ पुगेको बताए ।

सोमबार सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् । यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन/तीन, पर्सा र सल्यानमा दुई/दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक/एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा एक हजार ९११, बागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश नं ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० छ । कोभिड–१९ सङ्क्रिमत १६ हजार ३७९ जना मुलुकका विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्