नेपालमा थप ६२६ कोरोना संक्रमित निको भएर घर फर्किए



काठमाडौं साउन ११ । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल सङ्क्रमितको ७३.५ प्रतिशत हो ।

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६४ लाख ३२ हजार ११० पुगेको छ । कोरोना भाइरसबाट छ लाख ५२ हजार ४३२ जनाले ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख छ हजार ५५४ कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म प्रदेश नं १ बाट ७८९, प्रदेश नं २ बाट दुई हजार ९७२, बागमती प्रदेशबाट ५१७, गण्डकी प्रदेशबाट एक हजार २०४, प्रदेश नं ५ बाट तीन हजार ९१०, कर्णाली प्रदेशबाट एक हजार ६०८ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार ७५४ जनाले कोरोना भाइरसलाई परास्त गरेका छन् । प्रदेश नं १ को सङ्खुवासभा, भोजपुर र पाँचथर, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्