कोरोनाले ज्यान लिनेक्रम बढ्दो, कुन जिल्लामा कहिले कतिको मृत्यु ? [विवरणसहित]



काठमाडौं साउन १२ । नेपालमा साढे २ महिनाको अन्तरालमा ४८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बारा जिल्लमा थप एक जनाको मृत्यु भएसँगै मृतको संख्या ४८ पुगेको हो । जेठ २ देखि साउन १२ गतेसम्मको अवधिमा ती व्यक्तिहरुको निधन भएको हो । जेठमा २० जनाको मृत्यु भएको छ भने असारमा असारमा १९ जनाले ज्यान गुमाएका छन् । तर साउनको १२ दिनमा ९ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हामीले कहिले कुन जिल्लामा कति मृत्यु भन्ने विवरण प्रस्तुत गरेका छौं ।

1 सिन्धुपाल्चोकी २९ वर्षीया महिला (जेठ २ गते)
2 बाँके नरैनापुरमा २५ वर्षीय युवक (जेठ ४ गते)
3 गुल्मीका ४१ वर्षीय शिक्षक (जेठ ८ गते)
4 बाराका ७० वर्षीय वृद्ध (जेठ ४ गते)
5 ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष (जेठ १४ गते)
6 अर्घाखाँची भूमिकास्थानका ३५ वर्षीय पुरुष (जेठ १०)
7 दैलेख दुल्लु नगरपालिका ३५ वर्षीय पुरुष (जेठ १९)
8 बाजुराकी २ वर्षकी बालिका (जेठ १८ गते)
9 दोलखा घरका ७६ वर्षीय पुरुष (जेठ २१ गते)
10 पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष (जेठ २० गते)
11 सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक (जेठ २३ गते)
12 डोल्पाका जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष (जेठ २२ गते)
13 कैलालीको धनगढीकी ५५ वर्षकी महिला (जेठ २३ गते)
14 स्याङ्जा जिल्ला वालिङ नगरपालिका का ५८ वर्षीय पुरुष (जेठ २६ गते)
15 चितवन भरतपुरका पुरुष (जेठ २७)
16 अर्घाखाँचीको मालारानीका ५७ का पुरुष (जेठ २९ गते)
17 पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका २५ वर्षीय युवक (जेठ २८ गते)
18 बारा जिल्ला निजगढ नगरपालिकाका ५ वर्षीय बालक (जेठ ३० गते)
19 गुल्मीका ३६ वर्षीय पुरुष (जेठ ३१ गते)
20 कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष (जेठ ३१ गते)
21बाँकेको बैजनाथ गाउँपालिकाकी ४६ वर्षीया महिला (असार १ गते)
22 कैलालीको लम्किचुहाकी ४३ वर्षकी महिला (असार २)
23 गुल्मी जिल्ला छत्रकोट गाउँपालिकाका ६९ का पुरुष (असार ५ गते)
24 दैलेखको दुल्लु नगरपालिकाका ४५ वर्षीय पुरुषको (असार ८ गते)
25 स्याङ्जाको आँधी खोलाका ५६ वर्षीय पुरुष (असार १० गते)
26 काठमाडौंका ४९ वर्षीय पुरुष (असार ११ गते)
27 दाङको राप्तीमा ३० वर्षकी महिला (असार ११ गते)
28 कैलालीको गोदावरी नगरपालिकाका ५० वर्षीय पुरुष (असार १३)
29 रौतहटका ३० वर्षीय पुरुष (असार १३ गते)
30 अछाम रामरोशनका ४५ वर्षीय पुरुष (असार १४ गते)
31 म्याग्दी जिल्ला धौलागिरि नगरपालिका ४ का ४९ दिनका शिशु (असार १७ गते)
32 काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्ध (असार १७ गते)
33 गोरखा पालुङटार ४४ वर्षका पुरुष (असार २० गते)
34 रुपन्देही देवदहका ७५ वर्षीय पुरुष (असार १७ गते)
35 बागलुङ निसिखोलाका २९ वर्षीय पुरुष (असार २१ गते)
36 काठमाडौं १० शंखमूलका ६० वर्षीय पुरुष (असार २६ गते)
37 सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुष (असार २५ गते)
38 काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुष (असार २५ गते)
39 रौतहटका पर्रोहा नगरपालिका ७ का ३६ वर्षीय पुरुष (असार २५ गते)
40 सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुष (साउन २ गते)
41 जनकपुर नगरपालिका धनुषा पुरुष (साउन ६ गते)
42 एक चिनियाँ ४८ वर्षीय महिला नागरिक (साउन ७ गते)
43 वीरगञ्ज ६, माइस्थानका ७० वर्षीय पुरुष (साउन ६ गते)
44 वीरगञ्ज–११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिला (साउन ९ गते)
45 परवानीपुर–८ बाराकी १७ वर्षीया किशोरी (साउन ९ गते)
46 पर्सा वीरगञ्जमा ६५ वर्षीय भारतीय व्यवसायी (साउन ११)
47 धनषाका ३८ वर्षीय पुरुष (साउन ११)
48 बारा फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष (साउन १२)

सोमबार स्वास्थ्य मन्त्रालय सार्वजनिक गरेको विवरण हेर्नु होला ग्राफमा

प्रतिक्रिया दिनुहोस्