सिन्धुपाल्चोक कोरोनामुक्त जिल्ला



सिन्धुपाल्चोक, साउन १३ । सिन्धुपाल्चोक जिल्ला कोरोना मुक्त जिल्ला भएको छ। उपचाररत सबै संक्रमितमा कोरोना संक्रमण शुन्य भएसंगै सिन्धुपाल्चोक कोरोना मुक्त जिल्ला भएको हो सोमबार  । उपचाररत सबै कोरोना संक्रमित  निको भई घर फर्किएका हुन।

जिल्लामा संक्रमण पुष्टि भएका ६५ जना मध्ये ६३ जनाले कोरोना लाई जित्न सफल भएका छन् भने कोरोना संघर्षमा दुई जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा  अस्पतालका प्रमुख दुर्गादत्त चापागाईका अनुसार कोरोना विरुद्धको लडाइँमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्‍याउनुहुने सबैप्रति आभार व्यक्त गरेका छन ।

सोमबारदेखि जिल्लामा शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्ने, भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न पनि चापागाईले सबैलाई सुझाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्