बागलुङमा पहिरोमा पुरिएर दाजुबहिनीसहित ३ बालबालिकाको मृत्यु, एक आमा घाइते



फाइल तस्बिर

बागलुङ साउन १३ । जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा पहिरोले पुरिरएर ३ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्