पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

साझा पथ संवाददाता
घलेभन्ञ्जाङ साउन १३ । पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, नुवाकोट जिल्ला पञ्चकन्या उपशाखाले सोमबार मास्क, साबुन लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरी रेडक्रस उपशाखा सभापति बालकृष्ण पराजुलीले गाउँपालिका उपाध्यक्ष सीता पराजुली र प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई गाउँपालिका कार्यालय घलेभन्ज्याङ पुगेर ती सामग्री हस्तान्तरण गरेका फिल्ड सहायक सरोजकुमार खातीले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, कर्मचारीहरुको उपस्थिति थियो ।


