पछिल्लो २४ घण्टा अपडेट: कोरोना संक्रमित २१० थपिए



काठमाडौ,साउन १४ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका २ सय १० जनासहित देशैभर संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार २१ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्