काठमाडौ उपत्यकामा १५ जना कोरोना संक्रमित थपिए



काठमाडौ,साउन १४ । काठमाडौं उपत्यकामा बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार उपत्यकामा ५३ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार १५ जनामा संक्रमण पाइएको हो । मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने बारे खुलाएको छैन ।

बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्