चेपाङका पीडा बुझ्‍न उपसभामुख तामाङ राक्सिराङमा



हेटौंडा साउन १४ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले राजनीतिक स्वार्थका लागि राहत बाँड्ने चलनको अन्त्य हुनुपर्ने बताएकी छन् ।

राक्सिराङ गाउँपालिका ५ का १५१ घर परिवारलाई राहत वितरण गर्दै बुधबार उनले राजनितिक स्वार्थका लागि राहत बाँड्दै हिन्न नहुने तर्क गरिन् । उनले गरिखाने आधारभूत वर्गको पहिचान गरी न्यायोचित ढंगले राहत वितरण गर्न आग्रह गरिन् । राक्सिराङमा चेपाङ समुदायको पीडा बुझ्न आफू आएको बताउँदै विपन्न वर्गको जीवनस्तर उकास्न आफूले सक्दो भुमिका खेल्ने बताइन् ।

कार्यक्रममा राक्सिराङ ५ का १५१ घरपरिवारलाई राहत वितरण गरिएको छ । प्रतिपरिवार २५ केजी चामल, दाल, तेल लगायत सामाग्री वितरण गरिएको राहतका लागि पहल गरेका स्थानीय युवा देवराज प्रजाले जानकारी दिए । ललितपुरस्थित लोकेश्वर मिडिया सर्भिस प्रा लि ले विभिन्न दाताहरुको सहयोगमा राहत व्यवस्थापन गरेको हो ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद ओमबहादुर ग्लान, नेकपा राक्सिराङका इन्चार्ज बनस्तम थिङ, विभिन्न जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरुको‌ उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्