मौसम पूर्वानुमान:वाग्मती प्रदेशमा भारी वर्षा



काठमाडौ,साउन १५। काठमाडौसहित आसपासका क्षेत्रमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशभरको मौसम बिहीबार सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उता प्रदेशको हेटौंडामा भने बिहानैबाट भारि वर्षा भइरहेको छ ।

बिहिवार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वि तराई भू भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ। यसर्थ मनसुनी वायुको प्रभावका कारण प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

देशभरको हकमा भने सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी प्रदेशको एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राती बाग्मती,गण्डकी र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्