साझा पथ समाचार प्रभाव : समाजसेवी आचार्यको पहलमा नुवाकोटका अशक्त बालकद्वयलाई १ लाख ७१ हजार सहयोग



समाजसेवी आचार्यसहित सहयोगी टिम रकम हस्तान्तरण पछि

नुवाकोट,साउन १५ । युवा समाजसेवी तथा व्यवसायी राजकुमार आचार्यको पहलमा लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारमा रहेका दुई अशक्त बालकलाई आर्थिक सहयोग गरिएको छ। साझापथ डटकमले गत असार महिनामा छहरे निवासी सरिता सिलवालका दुई बौद्धिक अपाङ्गता भएका छोराहरुलाई आर्थिक सहयोगको अपिल गरेको थियो ।

सो भिडियो सामाजिक संजालमा देखेपछि समाजसेवी युवा आचार्यले आफन्तजन तथा साथीभाईलाई सहयोग गर्न भन्दै ‘सरिता सिलवाल सहयोग अभियान’ कोष समेत खडा गरी आर्थिक संकलन गर्दै आएका थिए। समाजसेवी आचार्यले पछिल्लो समय देश बिदेशबाट एक महिनाको अन्तरालमा साथीभाइ मार्फत उठेको १ लाख ७१ हजार रकम पीडितको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

बौद्धिक अपांगता भएका बालकका साथ आचार्यसहित आमा सरिता

समाजसेवी आचार्यले सहयोग रकम निरन्तर उठिरहेकाले समय समयमा पीडितकै घरमा पुगेर हस्तान्तरण गर्दै आएको बताए। सरिताकी चार सन्तानमध्ये दुई सन्तान यादव सिलवाल र रमेश सिलवाल जन्मजात नै बौद्धिक अपाङ्ग भएको र घरको आर्थिकस्थिति नाजुक रहेको साझापथ डटकम मार्फत सामाजिक संजालमा समाचार प्रकाशित भएको थियो ।

सिलवाल सहयोग अभियानमा आर्थिक सहयोग प्रदान गर्ने महानुभावहरुको नामावली:-

१)राज कुमार आचार्य बिदुर-६ नुवाकोट रु ५००१/-

२)अशोक/शान्ती खनाल मोरङ्ग रु ३०००/-

३)दिपक राज के सि बिदुर -६ नुवाकोट रु ३१५०/-

४)धिरेन्द्र कुमार मुड्वरी बिदुर -६ नुवाकोट रु ७१००/-

५)इश्वर अधिकारी चितवन रु २५००/-

६)प्रीतिमान तमाङ्ग मेघाङ्ग (मलेसिया) रु ६००५/-

७)राजकुमार गजुरेल तिगाउ नुवाकोट रु ५००१/-

८)सुरेन्द्र मुडवरी बिदुर ६ नुवाकोट रु २१००/-

९)सन्दिप डागी दाङ्ग रु ५००/-

१०) बद्री अधिकारी ईटहरि रु ५१००/-

११) हरि प्रसाद तिमिल्सेना बिदुर ६ नुवाकोट रु ५५५५/-

१२)जयराम तिमिल्सेना बिदुर ६ हाल अमेरिका रु ५१००/-

१३)भद्र बहादुर सडौला बिदुर ६ नुवाकोट हाल काठमान्डौ रु ३०००/-

१४)श्याम राज तिमिल्सेना बिदुर -६ नुवाकोट रु २६००/-

१५)सुरेश तिवारी कठमान्डौ रु ५०००/-

१६)रबिन्द्र रुपा बस्नेत टाडी चितवन हाल अस्ट्रेलिया रु १००००/-

१७)भुवन तिमिल्सेना बिदुर ६ नुवाकोट रु १०५०/-

१८)प्रीतम लभ (महाराज) हस्त दियाली अमेरिका रु १११५०/-

१९)ईनार पाटि बचत समूह बिदुर ६ नुवाकोट रु ५००५/-

२०)हरिहर ढुंगाना बेलकोट गडि हाल साउदी रु ५५५५/-

२१)सरोज मुड्वरी बिदुर ६ नुवाकोट हाल जापान रु ५००१ /-

२२)सन्तोष उप्रेती बिदुर २ नुवाकोट रु ५००५/-

२३)अनिस तिमिल्सिना अमेरिका रु २५०१/-

२४)गोपिदास श्रेष्ठ बिदुर-२ रु २५०१/-

२५)मधुसुदन थपलिया बिदुर ६ रु २००५/-

२६)मणिराज घिमिरे बिदुर-५ रु ११११/-

२७)मछिन्द्र नरसिह प्याकुरेल बिदुर- १० रु ३३३३/-

२८) नबराज लामिछाने लिखु १ रु ३०१०/-

२९)समिर कार्की पन्चकन्या ५ रु २०५०/-

१) श्रीकृष्ण प्रणामी युवा परिसद UAE च्यापटर बाट रु २००००/-

२) श्रीकृष्ण प्रणामी समाज नेपाल बाट रु ३१०००/
जम्मा रकम रु १७१०००/-

सहयोगी हातहरुले सम्पर्क गर्न सक्नुहुनेछ

राज कुमार आचार्य ९८५१०८१४८५/ ९८१८३६२५८५

बालक सम्बन्धित आमा सरिताको कहानी भिडियोमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्